किन भयो मोदीको जनकपुर भ्रमण रद्ध !
मंसिर ४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले भ्रमण रद्ध भएको विज्ञप्तिमार्फत जानकारी गराएका हुन् । निधिले २२ दलका कारण भ्रमण रद्ध भएको आरोप लगाएका छन् ।
उनले एमाओवादी नेतृत्वमा केही मधेसवादी दलहरुले गैर जिम्मेवार पूर्ण तरिकाले तयारीको विरोधमा जिल्ला प्रशासनमा गई उग्र रुपले जुलुस प्रदर्शन गरेको, ज्ञापन पत्र मार्फत समानन्तर मन्च बनाउन र सुरक्षा घेरा तोड्ने धम्की दिएको आरोप लगाएका छन् ।
भ्रमण रद्ध भएपछि जनकपुरमा भने स्थानीयले निधीको कडा विरोध गरेका छन् । उनीहरुले आन्दोलन तयारी समेत गरिरहेको बताइएको छ ।
उनको विज्ञप्ति यस्तो छः

प्रकाशित मिति:
November 20, 2014