जाजरकोटकोे पहिलो पुर्ण खोपयुक्त गाविस घोषणा
हेलोखवर संवाददाता
जाजरकोट ५ पुस । जिल्लाको पैक गाविसलाई जिल्लाकै पहिलो पुर्ण खोपयुक्त गाउँ विकास समितिको रुपमा घोषणा गरिएको छ । २ बर्ष देखी नियमित रुपमा सम्पूर्ण बालबालिकाहरुले सबै खोप नियमित रुपमा लगाएको पाईएपछि पैक गाविसलाई पुर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो ।
पैक गाविस भित्रका सवै बालबालिकाहरुले लगाउनु पर्ने १० ओटा खोप एक बर्ष भित्र लगाएको पाईएमा पुर्ण खोपयुक्त गाविस घोषणा गर्न मिल्ने प्रावधान छ । १३ देखी २३ महिना भित्रका बालबालिकामा सर्वेक्षण गर्दा सवै बालबालिकाहरुले लगाउनु पर्ने १० वटै खोप नछुटाएर लगाएको पाईएमा जिल्ला खोप समन्वय समितिको सिफारिस गाविसलाई पुर्ण खोपयुक्त गाविस घोषणा प्रावधान रहेको छ ।
सोही अनुसार सवै मापदण्ड पुरा भएपछि शनिवार एक समारोहका विच निमित्त स्थानिय विकास अधिकारी टेकबहादुर खत्रीले सो गाविसलाई पुर्ण खोपयुक्त गाविस घोषणा गरेका हुन् । कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख धिरजंग शाह र डा. बम वि.सी. को उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै निमित्त स्थानिय विकास अधिकारी खत्रीले पहिलो पुर्णखोपयुक्त गाविस घोषण गर्न सफल भएकोमा पैक बासीलाई धन्यवाद दिए । कार्यक्रममा स्थानिय बासिन्दाको ठुलो सहभागीता रहेको थियो ।
भने बाजागाजाका साथ आफ्नो गाविसलाई पुर्ण खोपयुक्त गाविस घोषणा गर्दा स्थानिय निकै हर्षित भएको जिल्ला स्वास्थ्य प्रमुख शाहले बताए । जिल्लाका अन्य गाविसलाई पनि क्रमशः पुर्णखोपयुक्त गाविस घोषणा गरिने जिल्ला स्वास्थ्य प्रमुख शाहले बताए बताए ।
प्रकाशित मिति:
December 20, 2014