जाजरकोट राष्ट्रिय अनुसन्धान कार्यालयले जग्गा धनी २६ वर्ष पछि पुर्जा पायो
हेलाे खवर संवाददाता
जाजरकोट ५ पुस । राष्ट्रिय अनुसन्धान कार्याालय जाजरकोटको नाममा जग्गा दर्ता भएको २६ बर्ष पछि जिल्ला मालपोत कार्यालय जाजरकोटवाट जग्गा धनी पुर्जा पाएको छ । जग्गा दर्ता भएको लामो समय विति सक्दा पनि जग्गा धनी पुर्जा लिनलाई सम्बन्धित निकायवाट पहल नभएपछि पुर्जा लिन ढिलाई भएको हो ।
सदरमुकाम भित्रै २ नम्वर वडाको ठाँटी वजारमा पर्ने राष्ट्रिय अनुसन्धान कार्याालयको जग्गा सनिवार विहानै पत्रकार, नागरिक समाजको रोहवरमा जिल्ला नापी कार्यालयका प्राविधीकहरुको सहयोगमा राष्ट्रिय अनुसन्धान कार्यालय जाजरकोटले आफ्नो जग्गाको नापी नक्सा छुट्याएको छ ।
१ सय ६४ कित्ता नमवर रहेको राष्ट्रिय अनुसन्धान कार्यालय जाजरकोटको नाममा रहेको जग्गा छुट्याउने क्रममा झण्डै ५ जना अन्यले चलन भोग गरिरहेको फेला परेको राष्ट्रिय अनुसन्धान कार्यालय जाजरकोटका प्रमुख प्रकाश शाहले वताए । उनले आफ्नो कार्यालयको नाममा रहेको जग्गालाई चलन भोग गर्नेमा नेपाल रेडक्रस सोसाईटी जाजरकोट शाखा, स्थानिय भद्रबहादुर खत्री, कमानबहादुर खड्का, मायादेवी शाही र भेष जङ्ग शाह रहेका रहेको उल्लेख गरे ।
आफुले सरकारी जग्गालाई आफ्नै जग्गा वनाउनलाई चलनभोग गरेको नभई २ हजार ६८÷६९ सालमा लत्कालिन माओवादीले खलंगा ६ वाहुँनथानमा रहेको आफ्नो कपडाको पशल र घरको सम्पूर्ण श्रीसम्पति लुटेर लिएपछि गाउँ विकास समितिको सिफरिसमा जाजरकोटमा रहेको तत्कालिन नेपाली सेनाको गण र जिल्ला प्रशासन कार्यालयले आफुलाई उक्त जग्गामा बस्न आदेश गरे पछि आफुले जग्गा चलनभोग गर्दै आएको कमानबहादुर खड्काले वताए ।

प्रकाशित मिति:
December 20, 2014