डोल्पा बिमानस्थल भारी हिमपातले अझै अवरुद्ध बिरामी र यात्रु मर्कामा
टेक शाही
डोल्पा ५ पुस । गत मसिर महिनामा परेको भारी हिमपातले डोल्पा जुफालको विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । एक साता बित्न लाग्दा पनि हिमपातको असरले बिमानस्तथल सञ्चालनमा आउन नसक्दा कयौं विरामी र यात्रुहरु मर्कामा परेका छन् ।
भारी हिमपातको असरले डोल्पा जुफाल बिमानस्थल शनिबार सम्म पनि सञ्चालनमा आउन सकेको छैन । बिमानस्थलमा १ फिट भन्दा बढि हिउँ जमेपछि कच्ची धावनमागर्मा सनिवार सम्म पनि बरफ जम्ने गरेकोले मार्ग सुचारुहुन सकेको छैन ।
हिमाली भेगवाट तराईमा चिसो छल्न जाने स्थानिय, पढाईका लागि सुर्खेत, नेपालगञ्ज, काठमाण्डौं जाने बिद्यार्थी र सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरु घर विदामा जानलाई जहाजमा जाने आशा पालेर धेरै दिन सम्म बसे पनि धावनमार्गमा सुधार नआए पछि यात्रुहरु पैदल हिड्न बाध्य भएका छन ।
निकै चिसो बढे पछि बिरामीहरुको संख्या ह्वात्तै बढ्दै गएकोछ । धावनमार्ग सञ्चालनमा नआए पछि डोल्पामा उपचार गर्न नसकिने सिरियस बिरामीहरुलाई उपचार गर्न लैजाने अर्को कुनै उपाय छैन । जहाज नआए पछि सिरियस विरमी आमाको उपचार गर्न हिडेका रिदम रोकाया निकै चिन्तामा आत्तियका छन् ।
जहाज आउदैन हेलिकप्टर रिर्जव गर्न सक्ने आफ्नो घरमा ठुलो आम्दानी छैन आमाको अबस्था झन् झन् जटिल बन्दै गएको छ अब आमाको उपचारका लागी कुन उपाय खोजौ भन्ने चिन्तामा जुफाल एरर्पोटमा रिदम बसिरहेका छन् ।
कर्णालीका अन्य जिल्लामा भारी हिमपात भए पनि धावनमार्ग राम्रो भएकाले हवाई यातायात सुचारु भई सकका छन भने डोल्पाको धावनमार्गमा हिउ परेर पुरै हिउ गए पनि बिहान बरफ जम्ने र घाम लागे पछि त्यही बरफ पग्लीएर हिलो हुने हुदा जहाज अबतरण गर्न नसमिने जुफाल बिमानस्थलका हवाई नियन्त्रक किशोर श्रेष्ठले जानकारी दिए । मौसममा सुधार आएता पनि बमिानस्थलको धावनमार्ग हिलो बन्ने भएकोले आज सम्म कुनै पनि उडान गर्न नसकेकोले यात्रुहरु मर्कामा परेको श्रेष्ठको भनाई छ ।
अझै पनि बिमानस्थलमा जहाजको पर्खाईमा यात्रुहरु बसी रहेका छन् । हवाईमार्गको विकल्पमा रहेको मोटरवाटोले हाल सम्म पनि जिल्लाको कुनै भुभागलाई छुन सकि रहेको छैन् । धावनमार्ग सञ्चालनमा नआएपछि यात्रुहरु ३ दिनको पैदल यात्रा गरेर मात्र जाजरकोटबाट बस सेवा लिने गरि रहेका छन् ।
तीन दिन सम्म कठिन पैदन यात्रा गर्नु पर्ने भएको हुदा डोल्पाका अधिकाँस मानिसहरु हवाई यातायातमा यात्रा गर्ने गर्दछन् । गत मसिर २८ गते शनिबार राती परेको भारी हिमपातले डोल्पाको पूरै भुभाग सेताम्मे पारे पछि हाल माथिल्लो डोल्पाको पूरै भुभाग र तल्लो डोल्पाको केही भुभाग सेताम्मेवाट मुक्त हुन सकिरहेको छैन् ।
भने वढ्दै गएको चिसोले जनजीवन झन कष्ठकर बन्दै गई रहेको छ । मोसममा केही सुधार आएको भनियता पनि डोल्पामा मौसम सुधार हुन सकेको छैन । दिन प्रति दिन डम्म बादलले छोपी नै रहेको हुन्छ ।
प्रकाशित मिति:
December 20, 2014