क्षमता भन्दा बढी कारागारमा कैदी राखेपछि अदालतमा मुद्धा दायर
हेला खवर संवाददाता
बाँके ४ पुष । नेपालगञ्जको कारागारमा भवनको क्षमता भन्दा बढी कैदी राखिए पछि अदालतमा मुद्धा दायर गरिएको छ । भवन क्षमता अनुसार कैदी राख्न पटक पटक आग्रह गर्दा पनि व्यवस्थापन नभएपछि शुक्रबार पुनराबेदन अदालत नेपालगन्जमा मुद्धा दायर गरिएको हो ।
सार्बजनिक सरकोकारको बिषय भन्दै अधिबक्ता विश्वजीत तिवारी, सुनिल श्रेष्ठ र बलबहादुर चन्दले संयुक्त रुपमा मुद्धा दायर गरेका हुन् । नेपालगञ्ज कारागार प्रशासनसंग कैदीे व्यवस्थापनका विषयमा यस अघि आफुले सूचना माग गरिएको अधिवक्ता विश्वजीत तिवारीले जानकारी दिए ।
बाँके कारागारमा अहिले भवन क्षमता भन्दा बढी कैदी (बन्दी) राखिएका छन् । कारागार विभागले २ सय ५० जना कैदी राख्न सक्ने भवन क्षमता निर्धारण गरेपनि हाल ५ सय ५५ कैदी (बन्दी) कोचाकोच गरेर राखिएको हुदा त्यहांका कैदी (बन्दी) हरुलाई निकै समस्या परेको छ ।
जिल्ला अदालत बांकेद्धारा फैसला भएका मुद्दाहरुको फैसला कार्यान्वयनलाई अभियानका रुपमा कार्यन्वयन सुरु गरेपछि कारागारमा कैदी (बन्दी) को सं्ख्या ह्वात्तै बढेको कारागार प्रशासनले जनाएको छ ।
कोठाको अभाव भएपछि अहिले केही कैदीहरू जाडो महिनामा पनि पालमुनी रात बिताउने बाध्य छन् । जाडो मौसम भएका कारणले पालमुनि रात बिताउने कैदीहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नुका साथै उनीहरूको दैनिकी कष्टकर बन्दै गएको कारागार प्रशासनले स्वीकार गरेको छ ।
करिब १७ कट्ठा क्षेत्रफलमा रहेको कारागारमा रहेका कैदी मध्ये हाल ४३ महिला, पाँच नाबालक आफ्ना आमासँगै आश्रित रहेका छन् । क्षमता भन्दा धेरै कैदी हुनु, कारागार भवन जीर्ण हुँदै जानु, शौचालयहरु पर्याप्त नहुनु, फोहरमैला तथा ढल निकासको उचित व्यवस्था नहुनु लगायतका कारण कैदीहरुले थप समस्याको सामना गर्नु परिरहेको कारागार प्रशासनको भनाइ छ ।

प्रकाशित मिति:
December 19, 2014