पुस ११ देखी जाजरकोट महोत्सव भव्यरुपमा हुने
हेला खवर संवाददाता
जाजरकोट ४ पुस । जिल्लाको कला, संस्कृति,पर्यटन र ब्यापार प्रर्वद्धन गर्ने उद्देश्यले प्रथम जाजरकोट महोत्सव हुने भएको छ । जाजरकोट उद्योग बाणिज्य संघको आयोजना र पर्यटन बोर्डको प्रर्वद्धनमा आगामी पुस ११ गते देखि १७ गते सम्म सदरमुकाम खलंगामा महोत्सव हुने भएको हो ।
आयोजकका अनुसार महोत्सवमा १ सय ७५ ओटा स्टल राखिने भएको छ । महोत्सवमा संचारकर्मी र आगन्तुक विशिष्ट पाहुनाहरुका लागी भेरी नदीमा र्याफ्टिङ्गको रोमाञ्चक जलयात्रा गराईने भएको छ ।
त्यस्तै महोप्सवमा हास्यकलाकार जीतु नेपाल धुमुस , कमल गाँउले , लोकगायीका राधिका हमाल , कोमल वली , पार्वती राई , जानकी तारमी मगर लगायतका राष्टिय कलाकारहरुले आफ्नो कला प्रस्तुत गर्नेछन् । महोत्सवमा जिल्लामा उत्पादित मह, धिउ, सुन्तला, गाभा, काईनेट पत्थर, टुर्मालिन, राडिपाखी लगायतका बस्तु किन्न सकिने उद्योग बाणिज्य संघका अध्यक्ष कमानबहादुर खड्काले बताए । साथै स्थानिय खाँडो, पैसेरु, मयुर, सिंगारु, देउडा लगायतका २२ प्रकारका नृत्य हेर्न सकिने भएको छ ।
महोत्सवमा ४२ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । महोत्सवलाई भब्य रुपमा सफल बनाउँन जाजरकोट उद्योग बाणिज्य संघका अध्यक्ष खड्काको अध्यक्षतामा १ सय ७१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ भने ब्यवस्थापन, प्रचारप्रसार, आर्थिक, सत्कार,पर्यटन तथा संस्कृतिक, ब्यापार पर्वद्धन लगायतका ९ ओटा उपसमितिहरु गठन गरिएको छ ।
ति समितिहरुले तिव्र गतिमा आआफ्नो जिम्माको काम गरिरहेको र तयारी अन्तिम चरणमा पुगेको उद्योग बाणिज्य संघका कोषाध्यक्ष बसन्तप्रसाद शर्माले बताए । महोत्सव भौतिकयोजना तथा निर्माण मन्त्री विमलेन्द्र निधीद्धारा उद्घाटन गर्ने कार्याक्रम तय गरिएको छ । महोत्सव जिल्लाको उत्पादन, ब्यवसायीकरण, ब्यापार तथा कलासंस्कृती र पर्यटन प्रर्वद्धनमा कोसे ढुगा सावित हुने प्रचारप्रसार उपसमितिका संयोजक शिवप्रसाद शर्माले बताए । एक हप्ता सम्म चल्ने महोत्सव एक लाख बढीले अवलोकन गर्ने उनको भनाई छ ।
प्रकाशित मिति:
December 19, 2014