अस्पताललाई शैक्षिक प्रतिष्ठान बनाउनका लागि कार्यदल गठन
रत्ननगर ३ पुस । चितवनको भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठान बनाउन अभियान सुरु भएको छ ।
अस्पताल सञ्चालन समितिले प्रतिष्ठानका लागि अस्पताल योग्य रहेको निष्कर्षसहित यसको अध्ययनका लागि वरिष्ठ चिकित्सक विजय पौडेलको संयोजकत्वमा एक कार्यदल गठन गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट केशवराज भुर्तेलले जानकारी दिए । अस्पतालको दीर्घकालीन विकासका लागि मन्त्रालयबाट विज्ञ टोली ल्याएर अध्ययन गर्ने योजना रहेको अस्पतालले बताएको छ ।
“कार्यदललाई छिट्टै प्रतिवेदन तयार गर्न भनेका छौँ, डा भुर्तेलले भने, तयार भएपछि स्वास्थ्य मन्त्रालयमा पेस गर्छौं ।” सरकारले यसअघि कर्णालीमा प्रतिष्ठान बनाइसकेको छ भने हालैमात्र पोखरामा पनि स्वास्थ्य प्रतिष्ठान बनाउने निर्णय गरिसकेको छ ।
मेडिकल सिटीका रूपमा विकास भइरहेको चितवन पनि यसका लागि योग्य रहेको भरतपुर अस्पतालले जनाएको छ ।

प्रकाशित मिति:
December 18, 2014