जाजरकोट महोत्सव २०७१ को विधिवत उद्धघाटन
हृलो खवर कर्मि
जाजरकोट ११ पौष । जिल्लाको प्रथम महोत्सव २०७१ को शुक्रवार दिउसो भौतिक पुर्र्वाधार तथा यातायात ब्यवस्था मन्त्री विमलेन्द्र निधिले विधिवत उद्घाटन गरेका छन् । भौतिक पुर्र्वाधार तथा यातायात ब्यवस्था मन्त्रीले राष्ट्रिय झण्डा तोलन गर्दै पानसमा वत्ति वालेर महोत्सवको व्यानर उद्घाटन गरेका हुन् ।
महोत्सव उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै नेपाललाई गरिवीको सुचिवाट हटाउन ७ वर्षिय नेपाल सरकारले योजना वनाएर अघाडि वढेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेलले वताए । साथै उनले अवका दिनमा राजनैतिक पहुँचका आधारमा राष्ट्रिय वजेट विभाजन गर्ने परम्पराको अन्त्य गरि जिल्लामा रहेका गाउँ वस्तिहरुको संभाव्यता अध्ययनका आधारमा वजेट विनियोजन गर्ने पोलिसीमा सरकार लागि रहेको खुलासा गरे ।
शुभकामना मन्तव्यकै क्रममा जाजरकोट जिल्लामा रहेको बहुमुल्य पत्थर, स्थानिय रुपमा उत्पादित मौरीको मह जस्ता महत्वका चिजविजहरुको प्रशोधन केन्द्र स्थापना गर्नुका साथै विक्री केन्द्रहरु स्थापना गर्न महोत्सव सफल हुने मन्त्री निधिले वताए । साथै उनले सुर्खेत राकमको भेरी पुल आगामी असार मसान्त भित्रै निर्माण गर्ने प्रतिवद्धता जनाउदै अव छिट्टै भेरी पुल बनेमा जाजरकोटमा पाईने सम्पूर्ण बहुमुल्य सामानले सुलव ढङ्गले वजार पाउने दावी गरे ।
उद्घाटन समारोहमा स्थानिय लोक झाँकीहरुमा ढिमेको खाँडो नाँच, खलंगाको मयुर नाँच, डााडागाउँको दमाह नाँच, सक्लाको धामी नाँच, खलंगाकै झाँक्री नाँच, लहँको ख्याली नाँच लगाएतका थुप्रै झाँकीहरु प्रर्दशन गरिएका थिए, भने जिल्ला खेलकुद विकास समिति जाजरकोटले विभिन्न खेलहरु प्रस्तुत गरेको थियो ।
त्यसै गरि राष्ट्रिय स्तरमा ख्याती प्राप्त गायक कलाकार कोमल वली, ऋतु कडेलले आफ्ना विजोडपुर्ण प्रस्तुतिहरु दिएर महोत्सव उद्घाटन समारोहलाई वेग्लै प्रकारको रौनक दिएकी थिईन् । साथै कोमल वलीले “जाजरकोटमा हे राजीव भेट भाको दिन, सम्लो पानी हे शक्ति मन किन धमिलो । ” भन्ने गित गायर संविधान सभा सदस्य शक्तिबहादुर बस्नेत, राजीव शाह, रिता रावल, पूर्व मन्त्री सत्य पहाडीलाई मन्चमा नचाएकी थिईन् । नेताहरु मन्चमा नाँचेको दृष्य देखेर दर्शकहरु मख्ख परेका थिए ।
प्रकाशित मिति:
December 26, 2014