१८ पुसमा जाजरकोट जिल्ला खुला दिशामुक्त जिल्ला हुने
हेलोखवर कर्मि
जजरकोट १२ पुस । जिल्लालाई आगामी पुस १८ गते खुलादिशामुक्त घोषणा गरिने भएको छ । क्षेत्रिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले आवश्यक पुर्वाधार पुरा भएको भन्दै खुलादिशामुक्त घोषणा गर्न सिफारिस गरेपछि उक्त दिन देशभर १९ औ जिल्लाको रुपमा भेरी अञ्चलको पहिलो जिल्ला जाजरकोटलाई घोषणा गरिने भएको हो ।

अनुगमण गर्न आएको क्षेत्रिय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको एक टोलीले केही दिन अघि जिल्लाका बिभिन्न ठाँउको अवलोकन भ्रमण गरेको थियो । ८० प्रतिशत घरधुरीमा पक्की शौचालय र अन्य घरमा कच्ची शौचालय बनाएर प्रयोग गरिएको अवस्था भए खुलादिशामुक्त क्षेत्र घोषणा गर्न सकिने प्रावधान छ ।
अनुगमन टोलीले सदरमुकाम लगायत जिल्लाका अन्य साना ठुला व्यापारिक स्थलहरुमा पुगेर सरसफाई, स्वच्छता र शौचालयको अवस्था बारे अनुगमन गरेको थियो । जिल्ला विकास समितिका अनुसार करिव ३० हजार घरधुरी रहेको जाजरकोटमा ९५ प्रतिशतको घरमा शौचालय बनि सकेका छन् ।
जिल्लाका ३० वटै गाविसहरु लाई खुला दिसामुक्त घोषणा गरि अन्त्यमा जिल्लालाई गत वर्षको फागुन ७, अनि चैत २४ गते घोषणा गर्ने प्रचार गरिए पनि तयारी भै नसकेको भन्दै जेठ २१ गते तोकिएको थियो । गत २१ गते घोषणा गर्नु पुर्व गरिएको अनुगमणमा जिल्ला सदरमुकाम खलंगा र छिमेकी गाविस जगतीपुरले पुर्ण तयारी गर्न नसकिएको भन्दै रोकिएको थियो । उपप्रधान तथा स्थानिय विकास मन्त्री प्रकासमान सिहले १८ गते एक समारोहका विच खुलादिशामुक्त घोषणा गर्ने कार्यक्रम रहेको र त्यसको लागी आवश्यक तयारी अन्तिम चरणमा पुगेको स्थानिय विकास अधिकारी ज्ञानराज पाण्डेले बताए ।
प्रकाशित मिति:
December 27, 2014