मंगलबारको बन्द सफल पार्न भन्दै देशैभर जुलुस
![]() |
काठमाडौंको रत्नपार्कमा निकालिएको राँके जुलुस । |
एमाओवादी ३० दलिय मोर्चा, वैद्य नेतृत्वको नेकपा माओवादी तथा पद्मरत्न तुलाधार नेतृत्वको आदिवासी मोर्चाले सोमबार साँझ देशैभर मसाल जुलुस निकालेको हो ।
संविधानसभा विघटन गरेर राजनीतिक सभाबाट समस्यका हल गर्दै आएको नेकपा माओवादी, पहिचानसहितको संघीयताको माग गर्दै आएको आदिवासी जनजाती र सहमतिको आधारमा संविधान जारी गर्न माग गर्दै एमाओवादीले मंगलबारका लागि संयुक्त बन्दको घोषणा गरेका हुन् ।
बन्दलाई सफल बनाउन र बन्दको विरोध गर्नेलाई प्रतिकार गर्न सबै नेतृत्वले आफ्ना कार्यकर्तालाई निर्देशन दिएको बुझिएको छ ।
![]() |
सुनसरीको धरानमा निकालिएको राँके जुलुस । |
![]() |
कैलालीमा निकालिएको जुलुस । |
प्रकाशित मिति:
January 19, 2015