सहमतिको हल्लाले सेयर बजारमा सर्किट, एकैदिन ३० अंक बढ्यो
माघ ५ । प्रमुख राजनीतिक दलहरुबीच विवादित विषयमा सहमति मिल्न लागेको हल्लासँगै सेयर बजारमा भने छाल आएको छ ।
सोमबार मात्रै सेयर बजार ३० अंकले बढेको छ । कारोबार केही समयमा नै बजारमा सर्टिक लागेको थियो । बजार खुल्ने बित्तिकै तीन प्रतिशतमाथि बजार बढेपछि सर्टिक लागेको थियो ।
यसैगरी, केही महिनादेखि दैनिक २० देखि २५ करोड रुपैयाँ हाराहारीमा सेयर कारोबार हुँदै आएकोमा सोमबार भने ८६ करोड ३२ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आइतार प्रमुख दलहरु सहमति नजिक पुगेको र सोमबार सहमतिलाई अन्तिम रुप दिने नेताहरुले बताएकाले राजनीतिक वातावरण सुध्रिएको ठानी लगानीकर्ताको मनोबल बढेको हो । तर, सोमबार बेलुकीसम्म दलहरुबीच कुनै सहमति भएको छैन ।
दलहरुबीच ठोस सहमति नभएपनि लामो सयम बजार घटेको र राजनीति सुधार हुने उच्च सम्भावनाका कारण बजार बढ्ने आकलन विश्लेषकहरुले गरेका छन् ।
प्रकाशित मिति:
January 19, 2015