डिपोमा लुकाईराखेको ग्यास माओवादीले खोसेर सर्वसाधरणलाई बाँडे
माघ ५ । सर्वत्र खाना पकाउने ग्याँसको अभाव भईरहेका बेला हिमाल ग्यासको डिपोमा ग्यास लुकाईराखेको भेटिएपछि माओवादीले खोसेर सर्वसाधरणलाई बाँडिदिएका छन् ।
![]() |
तस्बीरः फाइल |
वैद्य नेतृत्वको नेकपा माओवादीबाट फुटेर बनेको विप्लव नेतृत्वको माओवादीले ग्वार्कोस्थित हिमाल ग्यासको डिपोबाट १५० थान ग्यास कब्जा गरेर सर्वसाधरणलाई वितरण गरेको माओवादी कार्यकर्ता गोकुल गौतमले जानकारी दिएका छन् ।
सर्वसाधरणले माग्दा पनि नदिई लुकाएर राखेको पाइएपछि बाँडेको माओवादी कार्यकर्ताको भनाई छ ।
प्रकाशित मिति:
January 19, 2015