किरात अध्यक्ष थाम्देन
धनु तामाङ
तेह्रथुम २० पुुष ÷ तेह्रथुम सदरमुकाम म्याङलुङ्गमा सम्पन्न साहित्यकारहरुको एक भेलाले साम थाम्देन थाङबेनको अध्यक्षतामा १३ सदस्यीय किरात साहित्य समिती सनिवार गठन गरेको छ ।
समीतीको उपाध्यक्षमा ठाकुर सेनेहाङ्ग ,सचिवमा जुलि जबेगु उपसचिवमा देउमान राई र कोषाध्यक्षमा योगिता चोङबाङ रहेका छन् । नव गठित समितीको सल्लाहकार संयोजकमा राजकुमार तेयुङ छनौट भएका छन् ।
यसैबिच सोहि अवशरमा किरात साहित्यीक गोष्ठी पनि सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित गोष्टीमा जिल्लाका बिभिन्न कबि तथा साहित्यकारहरुले आफ्नो साहित्यीक खुराक पस्किएका थिए ।
गोष्टि बाट प्रथम,द्धितिय,तृतिय र सान्त्वना गरि उत्कृष्ट ४ जनालाई पुरस्कृत गरिएको छ । प्रतियोगितामा योेगिता चोङ्गबाङ प्रथम, ठाकुर सेनेहाङ्ग द्धितिय, खेसेहाङमा साबदेन तृतिय र साम थाम्देन थाङबेन सान्त्वना भए । प्रतियोगि विजयीहरुलाई फुलमाला तथा खादा ओढाई नगद पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।
लुकेर रहेको प्रतिभालाई उजागर गर्ने उदेस्यले आयोजित गोष्टी किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा तेह्रथुमको आयोजनामा भएको कार्यक्रम किरात धर्म तथा साहित्य उत्थान संघका जिल्ला अध्यक्ष पन्धाक टठ बहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रकाशित मिति:
January 04, 2015