चितवन पुगे महासचिव बादल, १५ दिने अभियानको उदघाटन
चितवन । नेकपा-माओवादी महासचिव राम बहादुर थापा बादलले चितवनमा दोस्रो चरणको अभियान अन्तर्गत १५ दिने श्रम अभियानको उदघाटन गरेका छन् ।
महासचिव बादलले तामिन स्थित भुकम्पबाट क्षति भएको स्थानिय पञ्चबहादुर विकको घरको खम्बा गाडेर सो अभियानको उद्घाटन गरे ।
उदघाटनका क्रममा महासचिव बादलले महाभुकम्पको विपत्तिसँग जुध्न जनतासँग सदैव रहने प्रतिवद्धता व्यक्त गरे ।
।
राष्ट्रिय विपत्तिसँग जुध्न नेकपा – माओवादीको आह्वानको नारा सहित सुरु गरेको १५ दिने सो अभियानको नेतृत्व नेकपा – माओवादी चितवनका इन्चार्ज ज्ञानु बस्नेत आकांक्षाको नेतृत्वमा मेडिकल टिम, प्राविधिक टिम सहितको ५० जना टोलि १५ दिन आवश्यकता अनुसार चितवनको मुख्य क्षतिग्रस्त विभिन्न ठाउँमा परिचालित हुन जिल्ला इन्चार्ज आकांक्षाले बताए ।
पुनर्निमाण अभियानमा नेकपा–माओवादी पोलिटव्युरो सदस्य तथा पश्चिम तामसालिंग इन्चार्ज सुर्यप्रकाश सुवेदी पथिक, नेकपा–माओवादी केस अम्बिका मुडवरी अञ्जना, जिल्ला सेक्रेटरी घननाथ सापकोटा विकाश लगायत विद्यार्थि, मजदुर तथा युवा स्वयंसेवकहरु परिचालित भएका इन्चार्ज आकांक्षाले बताए ।
प्रकाशित मिति:
May 25, 2015