विश्वविद्यालयमा प्राध्यापकको नियुक्तिमा पक्षपात हुन्न: प्रधानमन्त्री
अप्सरा गौतम
काठमाडौं २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरुमा प्राध्यापकहरुको नियुक्ति योग्यताको आधारमा गरिने बताएका छन् ।
काठमाडौं २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरुमा प्राध्यापकहरुको नियुक्ति योग्यताको आधारमा गरिने बताएका छन् ।
प्राध्यापकहरुको नियुक्ति गर्दा राजनीतिक भागबण्डाका आधारमा नभई निष्पक्षता र प्राज्ञिक आधारमा गरिने समेत उनले स्पष्ट पारेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार विहान लोकतान्त्रिक प्राध्यापक संघका पदाधिकारीले बुझाएको ज्ञापन बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन् ।
नियुक्ति गर्दा समान योग्यता हुनेहरुबीच पक्षपात नगरिने भन्दै योग्यता, क्षमता र योगदानका आधारमा विश्वविद्यालयहरुमा नियुक्ति हुने बताए ।
ओलीले शिक्षण संस्थाहरु र अस्पताल जस्ता संस्थाहरुमा माग पूरा गराउने नाममा तालाबन्दी र बन्द हडताल जस्ता काम सरकारलाई सैह्य नहुने बताएको उनको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति:
January 13, 2016