एमालेलाई मार्सल लगाएर संविधान संशोधन विधेयक अघि बढाइने

१४ मंसिरमा सरकारले संविधान संशोधन विधेयक दर्ता गरेपछि अहिलेसम्म सात पटक एमालेले संसद अवरुद्ध गरेको छ भने दुई पटक सुचना टासेर बैठक स्थगित गरिएको छ । अब भने सरकार अवरोधकाबिच पनि प्रक्रिया अगाडी बढाउने निर्णयमा पुगेको छ । अतः एमालेले विरोध गर्दागर्दै पनि मार्सल लगाएरै भए पनि प्रक्रिया अगाडी बढाउने सोचमा सत्तारुढ दल र मोर्चा पुगेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार प्रधानमन्त्री र मोर्चाका नेताहरुबिच संशोधन विधेयक प्रक्रिया अगाडी बढाउने निर्णय भएको छ ।
सकेसम्म सबै दलको सहमतिमा, सहमति बन्न नकसक्ने अवस्थामा एकतर्फी रुपमा संशोधन प्रस्ताव अगाडि बढाउने सहमति भएको बैठकमा सहभागी नेताहरुले जनाएका छन्। यसअघि हिजोको छलफलमा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस पनि संशोधन विधेयक प्रक्रिया अगाडी बढाउनु सहमत बनेको थियो ।
विधेयक फेल नै भएपनि चुनावमा मोर्चाले भाग लिने
मधेसी मोर्चाले संविधान संशोधन प्रक्रिया अगाडी बढेपछि आफूहरु निर्वाचन मिति घोषणामा सहमत हुने बताकाे छ । स्रोतका अनुसार मोर्चाले संशोधन प्रक्रियाको पहिले टुंगो लाग्नुपर्ने र विधेयक पारित नै नभए पनि आफूहरु निर्वाचनमा भाग लिने बताएका छन् । प्रतिपक्षी एमालेले भने संशोधन राष्ट्रिय हित विपरित रहेको भन्दै विरोध गर्दै आएको छ ।
प्रकाशित मिति:
December 31, 2016