लोडसेडिङमुक्त देश बनाउन लागेका मन्त्री शर्माले भने- 'मलाई हैरान पार्न खोजिदैंछ'

कास्की जिल्लाको सिल्दुजुरे गाविसस्थित माथिल्लो मादी जलविद्युत आयोजनाको उद्घाटनका क्रममा मन्त्री शर्माले उज्यालो नेपाल बनाउने अभियानमा विभिन्न तत्व निरन्तर बाधा हालिरहे पनि आफू पछि नहट्ने बताएका छन् ।
'म मन्त्री भएदेखि अहिलेसम्म ५ वटा मुद्दाको सामना गरिसकेको छु' , उनले भने- 'यस्तो हर्कतले उज्यालो नेपाल बनाउने अभियानमा बाधा खडा गर्न खोजिए पनि म निराश हुने छैन ।'
मन्त्री शर्माले इमान्दारितार्पूक र विधिसम्मत ढंगले काम गर्दा पनि अनावश्यक राजनीति गरेर हैरान पारिएको गुनासो गरेका थिए । “काम गर्न नदिएर हैरान पार्ने गरिएको छ तर म निराश हुँदैन, उज्यालो नेपाल र समृद्ध नेपालको लागि जस्तोसुकै चुनौतिको सामना गर्न पनि तयार छु ” उनले भने ।
उनले जलविद्युत आयोजनाबाट प्रभावित जनताको लागि १० प्रतिशत र अन्य क्षेत्रका जनताको लागि २० प्रतिशत गरी ३० प्रतिशत शेयर जनताको लागि वितरण गर्ने नीति सरकारले बनाएको जानकारी दिए ।
प्रकाशित मिति:
December 31, 2016