तरकारी बिक्री केन्द्रमा जुत्ता/चप्पल र कपडा पसल
खोटाङ, १६ माघ । सदरमुकाम दिक्तेलको हाटडाँडा र स–छितापोखरीस्थित पञ्चमीबजारमा निर्माण गरिएको फलफूल तथा तरकारी बिक्री केन्द्रमा जुत्ता/चप्पल र कपडा पसल सञ्चालन हुने गरेको छ । ग्रामिण पहुँच कार्यक्रम ¥यापले चार वर्षअघि निर्माण गरेको बिक्री केन्द्रमा अहिले जिल्लाका ठूला व्यापारीले जुत्ता/चप्पल र कपडा पसल सञ्चालन गर्ने गरेको पाइएको हो ।
जिल्लाका कृषकका लागि भनेर निर्माण गरिएका पक्की छाप्रामा अहिले ठूला व्यापारीले कब्जा जमाएर जुत्ता÷चप्पल र कपडा पसल सञ्चालन गर्ने गरेको खाल्लेका नेत्रबहादुर कटवालले बताए । “हामी फलफूल तथा तरकारी व्यापारीले पाखामा राखेर बिक्री गर्नुपर्ने बाध्यता छ ।” उनले भने , “ठूला व्यापारीको हेपाहा प्रबृत्तिप्रति सम्बन्धित निकायलाई जानकारी गराउँदा समेत सुनुवाइ भएको छैन ।”
दिक्तेलको हाटडाँडामा ७० लाख र स–छितापोखरीको पञ्चमीबजार ३० लाखको लागतमा पक्की छाप्रा, शेड, सडक, खानेपानी, ढल, शौचालय, पशु बधशाला निर्माण गरिएको छ । जिल्लाको अर्थोपार्जन र बिनीमयको प्रमुख माध्ययम मानिएको कृषि व्यवसायलाई व्यवस्थित ढङ्गले बिक्री बितरण गर्न दुवै ठाउँमा पूर्वाधार निर्माण गरिएको हो ।
१२ रोपनी क्षेत्रफल ओगटेको दिक्तेलको हाटडाँडामा निर्माण गरिएका सबै छाप्रामा अहिले सदरमुकाम दिक्तेलमै ठूलो पसल हुने व्यापारीले जुत्ता÷चप्पल र कपडा पसल सञ्चालन गर्ने गरेका छन् । गाउँगाउँमा उत्पादन गरेर ल्याइने कृषि उपज भने, पाखा तथा धुलाम्मे र हिलाम्मे सडकमा राखेर बिक्री बितरण गर्नुपर्ने बाध्यता छ ।
तरकारी बिक्री केन्द्र ठूला व्यापारीले कब्जा जमाएपछि कतिपय कृषकले सदरमुकाम दिक्तेलमा खोखिएका व्यक्तिको बिक्री केन्द्रमा पु¥याइ दिने गरेका छन् । आफूले उत्पादन गरेको कृषि उपज हटियामा बिक्री हुने मुल्यको आधा मुल्यमा व्यक्तिले खोलेका बिक्री केन्द्रमा लगेर बेच्नुपर्ने बाध्यता रहेको कृषकहरुले बताएका छन् ।
कृषि उपज बाहिर पाखामा नै राखेर बिक्री गर्दा पनि छाप्रोमा राख्नेले जतिकै शुल्क बजार व्यवस्थापन समितिलाई तिनुपर्ने बाध्यता रहेको कृषकहरु बताउँछन् । “हिउँको समयमा त जसोतसो बाहिरै राखेर भएपनि बिक्री गरिन्छ ।” एक कृषकले भने, “वर्षाको समयमा बाहिर राखेर बिक्री गर्नुपदा सबैभन्दा बिजोग हुन्छ ।”
दिक्तेलमा लाग्ने हटियालाई व्यवस्थित गर्न आफूहरु लागीरहेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले जानकारी दिए । “अव्यवस्थित हटियामा बिचौलिया समेत मौलाएको छ ।” उनले भने, “बिचौलिया नियन्त्रण गर्दै हटियालाई व्यवस्थित गर्न वाणिज्य सङ्घ लागी परेको छ ।”
दिक्तेलको हाटडाँडा व्यवस्थापनका लागि सनमान खड्का र पञ्चमीबजार व्यवस्थापनका लागि नन्दराम राईको अध्यक्षतामा हाटबजार व्यवस्थापन समिति गठन गरी निर्माणको काम गरिएको थियो । जिल्लाको प्रमुख व्यपारिक केन्द्रकारुपमा रहेको दिक्तेलको हाटडाँडामा प्रत्येक हप्ताको बुधबार र शनिबार तथा दक्षिणी क्षेत्रमा पर्ने पञ्चमीबजारमा १५/१५ दिनमा हटिया लाग्ने गरेको छ ।

प्रकाशित मिति:
January 29, 2017