नयाँ आइजी नबन्दासम्म नेपाल प्रहरीको कमाण्ड पोखरेललाई जिम्मा
फागुन ३ काठमाडौं । नेपाल प्रहरीका प्रमुख छनोटमा विवाद देखिएपछि तत्कालका लागि प्राविधिक तर्फमा अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेललाई निमित्त महानिरक्षकको जिम्मेवारी दिइएको छ ।
सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीको निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी प्राविधिक तर्फमा अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेललाई दिने निर्णय गरेको हाे ।
बैठकले प्रहरी नियमावली, २०७१ को नियम ४६ लाई संशोधन गरी डा. पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
सरकारले यसअघि डिआइजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएको थियो । अदालतले अन्तरिम आदेश जारी गर्दै उनलाई काम नगर्न नगराउनु भनेपछि प्रमुख नेतृत्वबिहिन नबनाउन सरकारले यस्तो निर्णय गरेको हो । अदालतले फैसलाको लागि ८ गते मिति तोकेको छ । बरियताक्रम मिचेर प्रहरी प्रमुख बनाएको विषयमा सर्वोच्चमा रिट परेको थियो ।
प्रकाशित मिति:
February 14, 2017