रानी बनेर आउँदैछिन् अभिनेत्री केकी
अभिनेत्री केकी अधिकारी चाँडै नै रानी बनेर फिल्मी जगत नयाँ भूमिकामा देखिदैछिन् । उनी मधेसकी रानी पात्रका रुपमा 'राज्जा रानी' मार्फत् देखिने भएकी हुन् ।
भिनेता नाजिर हुसेनसँग उनले प्रेमजोडीका रुपमा उनको अभिनय रहने भएको छ ।
आर्यन फिल्मस् प्रोडक्सनको ब्यानरमा फिल्म बन्न लागेको हो । फागुन ५ गतेबाट नेपालगन्जदेखि सुटिङ सुरु हुने फिल्ममा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य र अनुज थापाको पनि अभिनय रहनेछ ।
फिल्ममा ताराप्रकाश लिम्बू र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य रहनेछ।
प्रकाशित मिति:
February 14, 2017