८ गतेभित्रैै निर्वाचन मिति घोषणा तयारी
प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्त |
काठमाडौं ४ फागुन । सरकारले फागुन पहिलो साता नै स्थानीय निर्वाचन मिति घोषणा गर्ने तयारी अगाडी बढाएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेस सभापति सुशिल कोइराला, तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेबिच मंगलबार साँझ बालुवाटारमा भएको छलफलपछि सरकारले ८ गते अगाडी नै निर्वाचन मिति घाेषणाकाे तयारी अगाडी बढाएको छ ।
निर्वाचन मिति घोषणाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान मात्रै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग परामर्श गरेका छन् ।
यसअघि सरकारले आयोगलाई पत्र लेखेर चुनावको तयारी थाल्न भनेको थियो । आयोगले ८ गते अगाडी नै मिति घोषणा भए १ र २१ जेठ गरेर दुई चरणमा निर्वाचन गर्न सम्भव रहेको बताएको थियो । सोही अनुसार सरकारले ८ गते अगाडी नै निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिचको भेटमा पनि ८ गते अगाडी नै निर्वाचन मिति घोषणा गर्ने सहमति भएको थियो ।
मधेसी मोर्चाले भने संविधान संशोधन अगाडी निर्वाचन मिति घोषणा नगर्न दबाब दिँदै आएको छ ।
प्रकाशित मिति:
February 15, 2017