एनसेलको सिममा अब फ्री फेसबुक
काठमाडौं । एनसेलको सिममा अब सित्तैमा फेसबुक चलाउन मिल्ने भएको छ । बधुबार (आज) देखि एनसेलले आफ्नो सिममार्फत सामाजिक सञ्जाल फेसबुक नि:शुल्क चलाउन पाउने व्यवस्था गरेको हो ।
‘इन्टरनेट सबैका लागि’ थिमअन्तर्गत मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले फेसबुकसँगको सहकार्यमा आकर्षक योजना ‘फेसबुक फ्रि’ मंगलबार सार्वजनिक गरेको थियो ।
एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाइल एप र ब्राउजर (प्रोक्सीबाहेक)बाट फेसबुकमा नि:शुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटाहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट गर्न सक्ने एनसेलले जनाएको छ । यो अफर लागू भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’ बटन स्वत: देखिने जनाइएको छ । उक्त बटन क्लिक गर्ने बित्तिकै, एनसेलका ग्राहकहरुले फेसबुकको नि:शुल्क संस्करणबाट फेसबुक ब्राउज गर्न सक्नेछन् ।
तर, फेसबुक निःशुल्क सेवामा अरुले अपलोड भएका तस्वीरहरु हेर्न सकिने छैन । यसका लागि इन्टरनेट वा डाटा नै प्रयोग गर्नु पर्ने हुन्छ । अप्सनअनुसार डाटा प्याक खरिद वा प्रयोग गरेर तस्वीर हेर्न सकिने छ । साथै फेसबुक (म्यासेन्जर) च्याटका लागि पनि डाटाको प्रयोग गर्नु पर्ने हुन्छ ।
प्रकाशित मिति:
February 15, 2017