माओवादी केन्द्रका यी हुन काठमाडौं महानगरपालिकाको उम्मेदवार
काठमाडौं १९ वैशाख
काठमाडौं महानगरपालिकाको मेयर, उपमेयरसहितका उम्मेदवारको टुंगो लगाएको नेकपा माओवादी केन्द्रले आज मनोनय दर्ता गर्दै छ ।
आसन्न स्थानीय तह चुनावमा माओवादी केन्द्रले काठमाडौं महानगरपालिकाको मेयर पदमा सर्वोत्तम डंगोललाई उम्मेदवार बनाएको छ भने उपमेयरमा सुशीला पौडेललाई उम्मेदवार बनाइएको छ । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा काठमाडौं महानगरपालिकाको इञ्चार्ज रहेका ६१ वर्षीय डंगोल पुराना कम्युनिष्ट नेता हुन् ।
माओवादी केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य रहेकी सुशिला पौडेल तिनचुलीमा घर भएकी कम्युनिष्ट आन्दोलनमा लाग्दै आएकी हुन् ।
माओवादी केन्द्रले काठमाडौंका सबै वडाहरुमा पनि उम्मेदवार टुंगो लगाएको छ । काठमाडौं महानगरपालिमा पहिले ३५ वटा वडाहरुमध्ये हाल ३२ वटा छन् । जस अनुसार वडा नम्बर १ मा पंकज शाह, २ मा रमेशमान डंगोल, ३ मा सुरेन्द्र केसी, ४ मा शर्मिला भण्डारी सिवाकोटी, ५ मा सुशीला प्रजापति, ६ मा जिग्मी भुजेल, ७ मा दुर्गाबहादुर मिश्र, ८ मा रन्जनमान श्रेष्ठ, ९ नारायणमान लामिछाने, १० रामप्रसाद अमगाईं, ११ पुष्प श्रेष्ठ, १२ राम डंगोल, १३ मा रामशरण डंगोल, १४ आदेश्वर बुढाथोकी, १५ मा सुरेन्द्रमान शाक्य, १६ मा दिलिप वन्त, १७ मा निलकण्ठ माली, १८ मा विजय कुमार शर्मा, १९ मा रुपिन डंगोल, २० मा रोजिन स्थापित, २१ मा कल्याण काररञ्जित, २२ मा माणिकरत्न स्थापित, २३ मा श्याम मानन्धर, २४ मा सूर्य शिल्पकार, २५ मा सुभान कुमार श्रेष्ठ, २६ मा रामकाजी महर्जन, २७ मा गोपाल महर्जन, २८ मा छविन्द्रराज कँडेल, २९ मा रेवती प्रसाद दाहाल, ३० मा रवि विष्ट, ३१ मा बसन्त कुमार श्रेष्ठ र वडा नम्बर ३२ मा त्रिविक्रम कर्माचार्यलाई उम्मेदवार बनाएको छ ।
प्रकाशित मिति:
May 02, 2017