धुर्मुस सुन्तलीकी आमा माओवादीबाट उपमेयरमा उठिन्
काठमाडौं २० वैशाख । चर्चित कलाकार तथा महाभूकम्पपछि भुइँचालो पीडितका लागि घरबारबिहिन मुसहर समुदायका लागि बस्ती बनाएर ख्याति कमाएका हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ की सासु आमा तथा कुन्जना घिमिरे ‘सुन्तली’की आमा सीतादेवी घिमिरे ललितपुरको गोदावरी नगरपालिकाको उपमेयरमा उठेकी छिन् ।
नेकपा माओवादी केन्द्रका तर्फबाट उनले मंगलबार उम्मेदवारी दर्ता समेत गरेकी छिन् । पहिलो संविधानसभाको निर्वाचनताका एमाले निकट मानिएकी सीता दोस्रो संविधानसभादेखि माओवादीमा प्रवेश गरेकी थिइन् । उनलाई अहिले पार्टीले उपमेयरमा उठाएको हो ।

कार्यक्रमका लागि धुर्मुससँगै जापानमा रहेकी सुन्तलीले आमालाई विजयको शुभकामना दिँदै कलाकारको नाताले आमाको प्रचारमा नहिडे पनि भोट दिन आग्रह गर्ने बताएकी छिन् ।
प्रकाशित मिति:
May 03, 2017