कमला अर्याल / काठमाडौं
बिमा कम्पनीले हकप्रद र बोनस सेयरका माध्यमबाट आफ्नो चुक्ता पुँजी वृद्धि गर्ने भएका छन् । बिमा समितिले बिमा कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने नीति अघि सारेपछि बिमा कम्पनीहरूले हकप्रद र बोनस सेयरको माध्यमबाट पुँजी पु¥याउन लागेको समितिले जनाएको छ ।
बिमा कम्पनीहरूले समितिमा बुझाएको पुँजी वृद्धिसम्बन्धी योजनामा बोनस र हकप्रद योजना पेस गरिएको छ । सञ्चालनमा रहेका अधिकांश जीवन तथा निर्जीवन बिमा कम्पनीहरूले हकप्रद र बोनस सेयरका माध्यमबाट पुँजी वृद्धि गर्ने योजना समितिलाई बुझाएका छन् । त्यस्ता बिमा कम्पनीहरूले पुँजी वृद्धिको योजना बुझाए पनि केही बिमा कम्पनीहरूले समय थोरै भएको भन्दै थप समय माग गरेका छन् । समितिका निर्देशक राजुरमण पौडेलले भने, ‘धेरै बिमा कम्पनीहरूले पुँजी वृद्धिको योजना बुझाए, थप समयको पनि माग गरेका छन् ।’ समितिले तोकेको समयसम्म पुँजी पु¥याउन नसक्ने बिमा कम्पनीहरूले समयसीमा सकिनुभन्दा सातदिनअघि पुँजी पु¥याउन नसक्नुको कारण देखाई समिति समक्ष समय थप गर्न निवेदन दिन सक्ने व्यवस्था छ ।
बिमा कम्पनीहरू पुँजी वृद्धिका लागि आफैं सक्षम भएकाले मर्जर र एक्विजिसनमा जान आवश्यक ठानेका छैनन् । बिमा कम्पनीहरूले आफ्नै स्रोत साधनको प्रयोग गरी पुँजी वृद्धि गर्दै छन् । बिमक संघका अध्यक्ष विजय शाहका अनुसार बिमा कम्पनीहरू आफैं पुँजी वृद्धि गर्न सक्षम छन् । सकेसम्म आफ्नै आन्तरिक स्रोत साधनबाट पुँजी पु¥याउने कसरत गरिरहेको अध्यक्ष शाहले बताए । ‘तुरुन्तै मर्जर र एक्विजिसनमा जान आवश्यक छैन,’ उनले भने । बिमा कम्पनीहरूको पुँजी अझै वृद्धि भए मात्र आवश्यक परेको खण्डमा मर्जर र एक्विजिसनमा जान सक्ने शाहले बताए ।
बिमा समितिले २०७५ असार मसान्तसम्ममा निर्जीवन बिमा कम्पनीको १ अर्ब रुपैयाँ र जीवन बिमा कम्पनीले २ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउनुपर्ने व्यवस्था गरेको छ ।
समितिले २०७५ असार मसान्तसम्ममा बिमा कम्पनीहरूले तोकिएको चुक्ता पुँजी वृद्धि गर्नुपर्ने निर्देशन दिएको थियो । समितिको सो निर्देशनअनुसार निर्जीवन बिमा कम्पनीको १ अर्ब रुपैयाँ र जीवन बिमा कम्पनीहरूको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउनुपर्ने व्यवस्था छ । निर्जीवन बिमा कम्पनीहरूमा एनबी इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षमै ४ करोड ८६ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने गरी पुँजी वृद्धिको योजना बुझाएको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीले २९ करोड ५१ लाख रुपैयाँ बराबरको तथा नेको इन्स्योरेन्स कम्पनीले २३ करोड ५३ लाख रुपैयाँको हकप्रद सेयर जारी गरी पँुजी वृद्धि गर्ने योजना समितिमा बुझाएको छ । निर्जीवन बिमा कम्पनीहरूमध्ये, सिद्धार्थ इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले पुँजी वृद्धिको योजना समितिमा बुझाएका छैनन् । समितिका अनुसार ओरियन्टल इन्स्योरेन्स कम्पनी, प्रिमियम इन्स्योरेन्स कम्पनी, नेसनल इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बिमा संस्थानले पुँजी वृद्धिको योजना पेस गर्ने समय माग गरेका छन् ।
जीवन बिमा कम्पनीहरूमध्ये, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी समयसीमा अगावै पु¥यासकेको छ । त्यस्तै, एसियन लाइफ इन्स्योरेन्स कम्पनीले १८ करोड ७४ लाख रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले २९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरी चुक्ता पुँजी वृद्धि गर्ने योजना समितिमा बुझाएका छन् । त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ८८ करोड ८३ लाख रुपैयाँ बराबरको एफपीओ÷हकप्रद निष्काशन गरी पुँजी पु¥याउने योजना बुझाएको छ । साथै यस कम्पनीले पुँजी वृद्धिका लागि विदेशी कम्पनीसँग पनि समन्वय गर्न सक्ने गरी पुँजी वृद्धि योजना बुझाएको छ । त्यसैगरी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले २०६९ सालदेखिको वासलात स्वीकृत भएपछि नाफा र सेयरधनी कोष यकिन हुने तथा त्यसपछि मात्र चुक्ता पँुजी पु¥याउने भएको छ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा संस्थान तथा मेट लाइफ (एलिको) इन्स्योरेन्स कम्पनीले भने पुँजी वृद्धिको योजना नबुझाएको समितिले जनाएको छ । - राजधानी दैनिकबाट साभार
Powered by Blogger.
हकप्रद र बोनसबाट पुँजी बढाउँदै बिमा कम्पनी
प्रकाशित मिति:
July 23, 2017