सिटौलाले मतदान गरेको वडामा एमालेको प्यानल
काठमाडौं २२ असार । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले मतदान गरेको वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । झापाको भद्रपुर नगरपालिका वडा नं. १० मा एमालेको प्यानलै विजयी भएको हो ।
यस्तै, सिटौलाको गृहनगर झापाको भद्रपुर नगरपालिकामा कांग्रेसलाई हराउँदै एमालेले बाजी मार्यो । एमालेले मेयर र उपमेयर दुवै पदमा जित हासिल गरेको हो ।
एमालेका जीवनकुमार श्रेष्ठले ११ हजार ४२ मत ल्याउँदै मेयरमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गणेश पोखरेलले ७ हजार २ सय १५ मत पाएका थिए।
उपमेयरमा पनि एमालेकै चन्द्रमाया श्रेष्ठ विजयी भएकी छिन्। उनले १० हजार ६ सय ५० मत प्राप्त गरिन् भने श्रेष्ठकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारा भुर्तेलले ६ हजार ४ सय ९८ मत ल्याइन्।
प्रकाशित मिति:
July 06, 2017