देशभर बाढी र डुबानले झण्डै पचासको मृत्यु, हजारौं विस्थापित
काठमाडौ २९ साउन
भारी वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या पचास नजिक पुगेको छ । देशभर हजारौं विस्थापित हुन पुगेका छन् । यो समाचार तयार पार्दासम्म ४७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
चितवनबाट शिव पुरीका अनुसार रौतहटको परोरा गाउँपालिकाबाट प्रसूतिका लागि आउँदै गरेको गाडी राजपुर ३ स्थित डुबानमा पर्दा आइतबार बिहान गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ ।
लगातारको भारी वर्षापछि राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध बनेको छ ।
पृथ्वी राजमार्गको आँबुखैरेनीमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । दुई दिनदेखि लगातार झरी परेकोले उक्त पहिरो खसेको हो ।

प्रकाशित मिति:
August 13, 2017