आम पार्टी पंक्तिलाई उद्धार र राहतमा खट्न प्रचण्डको निर्देशन
काठमाडौं २९ साउन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आम पार्टी पंक्तिलाई राहत र उद्धारमा खट्न निर्देशन दिएका छन् ।
सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष दाहालले एक विज्ञप्ति जारी गर्दै तत्काल बेपत्ताहरुको खोजी गर्न तथा उद्धार र राहतका लागि नेपाल सरकारसँग जोडदार माग समेत गरेका छन् ।
अध्यक्ष दाहालले वर्षासँगै आएको बाढी पहिरो र डुबानमा परी मृत्यु भएकाहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवाजनसँग गहिरो सममेदना समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
August 13, 2017