‘सोमबारको क्याबिनेटमा बर्खास्तीको प्रस्ताव लादैछु’ (आपूर्तिमन्त्रीसँगको अन्तरवार्ता)
![]() |
मन्त्री मण्डल |
यसअघि दुई वटा मन्त्रीले खड्काको विषयमा कारबाहीका लागि हात हालेर समेत कारबाही गर्न पछि हटेपनि खड्काको विषयमा अहिलेका आपूर्ति मन्त्री शिवकुमार मण्डलले भने कारबाही गर्ने अडान लिएका छन् ।
शक्ति केन्द्रको प्रभावमा टिक्दै आएका खड्कालाई कारबाही प्रस्ताव भोलि बस्ने मन्त्री परिषदको बैठकमा लैजादैं गरेको मन्त्री मण्डलले बताएका छन् । उनीसँग हेलोखबर डटकमकर्मीले मन्त्रालयमै गरेको छोटो कुराकानी यस्तो छः
आयल निगमको विषयमा के भईरहेको छ ?
आयल निगम प्रमुखलाई कारबाहीको प्रस्ताव भोलि (२ गते सोमबार) मन्त्रीपरिषदमा जान्छ । जसले गलत गरेको छ गलत गर्नेलाई कारबाही हुन्छ, त्यहीँ हो ।
के कारबाही हुन्छ ?
कारबाही त बर्खास्ती गर्नुपर्ने प्रस्ताव हो ।
कस्तो छ प्रस्ताव ?
संसदका विभिन्न समितिले दिएको निर्देशन तथा हाम्रो फिल्ड तथा अन्य अध्ययन अनुगमनका आधारमा आयल निगम प्रमुख (गोपाल बहादुर खड्का) दोषी देखिएकाले बर्खास्ती गर्नुपर्छ भन्ने हुन्छ ।
आयल निगम प्रमुख पदमुक्त हुन्छन् त ?
विभागिय मन्त्रालयका रुपमा भोलि क्याबिनेटमा प्रस्ताव पुग्छ । हाम्रो कुरो उनलाई बर्खास्त गर्नुपर्छ भन्ने हो । हेरौं क्याबिनेटले के गर्छ ।
प्रकाशित मिति:
September 17, 2017