कांग्रेसभित्र विवाद झनै डरलाग्दो, बरिष्ठ नेता पौडेल हानिए विदेश
काठमाडौं १८ भदौ
नेपाली कांग्रेसभित्रको विवाद झनै डरलाग्दो गरी झाम्मिएको छ । पछिल्लो पटक सरकार विस्तारदेखिको सुरु भएको विवाद प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणका क्रममा त छताछुल्ल नै बन्न पुग्यो । बरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको जिम्मा नदिएर देउवाले आफू पक्षधर नेता विमलेन्द्र निधिलाई तोकेर गएका थिए । त्यसमा पौडेल पक्षधरले चित्त दुखाए पनि केही लागेन ।
अहिले उम्मेदवारी छनौटमा समेत देउवा पक्षले एकलौटी गरिरहेको छ । कतिसम्म भने पौडेललाई उम्मेदवारी छनौटमा वास्तै नगरे पछि चुनावको मुखमा उनले देश नै छाडेर विदेश हाँकिएका छन् । यसअघि पहिलो र दोस्रो चरणको निर्वाचनमा कांग्रेस शीर्ष नेतृत्वले उम्मेदवारी टुंग्याएको थियो । तर, प्रदेश नं। २ मा शीर्ष नेताहरू रामचन्द्र पौडेल, कृष्ण सिटौला, खुमबहादुर खड्कासहितका नेतालाई सहभागी गराइएको छैन । उम्मेदवार छान्न सहभागी नगराइएपछि नेता पौडेल बिहीबार राति युएई पुगेका हुन् । नेपाल प्रेस युनियनको कार्यक्रममा भाग लिन युएई गएका पौडेल शनिबार फर्किएका छन् ।
पौडेल पक्षले सुरुदेखि नै देउवाले एकलौटी निर्णय गरेको भनेर पटक पटक पार्टी नेतृत्वको आलोचना गर्दै आएको छ ।
प्रकाशित मिति:
September 03, 2017