विप्लवको कब्जाका गाउँपालिका प्रमुख अझै अज्ञात, प्रचण्डले उदघाटनमा भने यसो
काठमाडौं ३१ भदौ
रोल्पाको थवाङ गाउँपालिका प्रमुख वीरबहादुर घर्तीमगर अझै बेपत्ता छन् । थवाङ गाउँसभा हुनु दुई दिन अगाडी उनको नेत्र विक्रम चन्द विप्लव समूहले अपहरण गरेको हो । गाउँसभालाई प्रभावित गर्ने गरी विप्लव समूहले अपहरण गरेको हो ।
आफ्नो सत्ता रहेको ठाउँमा पुरानो सत्ताको गाउँसभा हुन नदिने भन्दै नेकपाले घर्तीलाई अपहरण गरे पनि घर्तीको अनुपस्थितिमा शनिवार भएको गाउँसभाको उद्घाटन भएको छ ।
उदघाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरे । उदघाटनका क्रममा उनले प्रचण्डले थवाङ गाउँपालिका अध्यक्षलाई नभई विप्लवले थवाङबासीकै अपरहण गरेको आरोप समेत लगाए ।
दश वर्षे माओवादी जनयुद्धको उद्गमथलो थवाङबाटै प्रचण्डले घर्तीको अपहरण अमानवीय काम भएको समेत बताए ।
गाउँपालिका अध्यक्ष घर्तीको अवस्था अज्ञात भएपछि गाउँपालिका उपाध्यक्ष रामकिरणी रोकामगरको अध्यक्षतामा आयोजित गाउँसभाको उद्घाटन गर्दै प्रचण्डले गाउँपालिकाअध्यक्षको अपहरण गरेर विप्लवले कायरता प्रस्तुत गरेको बताए ।
प्रकाशित मिति:
September 16, 2017