बाबुराम र नारायणकाजीको निर्वाचन क्षेत्र जुध्यो, बाबुरामलाई काठमाडौंबाट उठ्न सुझाव
काठमाडौं २५ असोज
नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ आगामी मंसिरमा हुने निर्वाचनमा एउटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा (संघ) का लागि उम्मेदवार देखिएपछि गठबन्धनलाई कसरी मिलाउने भन्ने झमेला आईलागेको छ ।
बाबुरामले यसअघि नै गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारको घोषणा गरेका छन् । उनको घोषणा हुनुपूर्व नै नारायणकाजीको नाम समेत गोरखा क्षेत्र नम्बर दुईबाट नै सिफारिस भईसकेकाले मिलाउन हम्मे देखिएको हो ।
माओवादी केन्द्रले बाबुरामलाई काठमाडौंबाट निर्वाचन लड्न समेत सुझाव दिएको छ । तर, बाबुरामले अहिलेसम्म कुनै निर्णय गरिसकेका छैनन् ।
सिट बाँडफाँटको कार्यदल बैठकमा माओवादीले गोरखामा बाबुरामलाई दिन नचाहेको पाइएको छ । बाम गठबन्धन बनाएर एमाले, माओवादी र नयाँ शक्ति निर्वाचनमा जाने सहमति गरेकाले एक ठाउँबाट तीन दलमध्ये एकले मात्र उम्मेदवारी दिनेछन् ।
प्रकाशित मिति:
October 11, 2017