प्रचण्डले कांग्रेसलाई भने, 'वामपन्थी गठबन्धनबाट आतङ्कित नहुनुस्, बरु तपाईहरु पनि मिल्नुस्'
कार्तिक १९, चितवन। पूर्वप्रधानमन्त्री, नेकपा माअाेवादी केन्द्रका अध्यक्षा तथा चितवन क्षेत्र नं.-३ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस अाफ्नै कारण कमजाेर हुँदै गएकाे बताएका छन् ।
चितवनकाे चनाैलीमा पार्टी कार्यालय उद्घाटन गर्दै माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, "इतिहासमा नेपाली कांग्रेसले पटकपटक देशकाे नेतृत्व गर्ने अवसर पाएकाे छ। तर, पछिल्लाेपटक कांग्रेसमा देखिएकाे नेतृत्व संकटले कांग्रेस कमजाेर बन्दैछ। अब तपाईहरु बामपन्थी गठबन्धनबाट अातङ्कित नहुनुस्। तपाईहरु पनि मिल्नुस्। बिपीकाे अादर्शतिर फर्कनुस्, त्याे नै देश र कांग्रेसकाे पनि हितमा हुन्छ।"
"स्थीर सरकारले मात्र दीगाे विकास र समृद्धि हासिल गर्न सकिन्छ। हामीले राजनीतिक स्थीरता खाेजेका छौं, विकास खाेजेका छौं" प्रचण्डले भने, "हामी स्थीर सरकार बनाएर देशलाई विकास र समृद्धिकाे नयाँ चरणमा लैजान चाहन्छौं। चितवनकाे अभिमत लिएर देशकाे नेतृत्व गर्ने अठाेटका साथ अगाडि अाएकाे छ। अब विकास र समृद्धिकाे कुनै विकल्प छैन।"
प्रकाशित मिति:
November 05, 2017