स्व. प्रकाश दाहालकी श्रीमती २० हजार मतान्तरले विजयी
भीमदत्तनगर, २५ मंसिर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभामा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रकी नेत्री बिना मगर भारी मतअन्तरले निर्वाचित भएकी छिन् ।
स्व. प्रकाश दाहालकी श्रीमती समेत रहेकी उनले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिवानसिंह विष्टलाई १९ हजार २४८ मतअन्तरले पराजित गरेको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए । उनले दिएको जानकारीअनुसार निर्वाचित बिनाले ३८ हजार ४६७ र नेपाली काँग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २१९ मत प्राप्त गरे ।
यसअघि आइतबार उक्त क्षेत्रको प्रदेशसभा ‘क’मा नेकपा एमालेका अध्यक्ष तारालामा तामाङ प्रदेशसभा सदस्यमा विजयी भएका थिए । २०७० सालको संविधानसभाको निर्वाचनमा मगर काँग्रेसकी विष्टसँग पराजित भएका थिए ।

प्रकाशित मिति:
December 11, 2017