गोरखामा बाबुराम अब्बल बन्दै, अग्रता मतान्तर ३ हजार पुर्याए
गोरखा २३ मंसिर
गोरखा २ मा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग सुरुवाती चरणमा चर्को प्रतिस्पर्धा भएपनि पछिल्लो समय उनले मतान्तर ३ हजारको आसपास पुर्याएका छन् ।
भट्टराईले पछिल्लो पटक २०८९६ मत ल्याएका छन् भने श्रेष्ठले १७८२९ मत ल्याएर पछ्याईरहेका छन्। श्रेष्ठलाई मत अन्तर घटाउन निक्कै चुनौती बनिरहेको छ ।

प्रकाशित मिति:
December 09, 2017