ओखलढुंगामा रामहरि खतिवडा पराजित, यज्ञले पुनः बाजी मारे

ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडालाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवार विजयी भएका छन् ।
नेपाली कांग्रेसका नेता रामहरी खतिवडालाई ५ हजार २ सय ५३ मतले पछि पार्दै सुनुवार विजयी भएका हुन् ।
उनले ३२ हजार ५ सय ८० मत पाए भने उनका निकटतम प्रतिस्पर्धि खतिवडाले २७ हजार ३ सय २७ मत पाए । २०७० सालको चुनावमा सुनुवार र खतिवडा एक एक क्षेत्रमा विजयी भएका थिए । तर अहिले एउटामात्रै क्षेत्र भएकाले दुईबिच प्रतिस्पर्धा भएको हो ।
प्रकाशित मिति:
December 09, 2017