प्रचण्ड निरन्तर पाण्डेमाथि हाबी बन्ने प्रयासमा
चितवन २३ मंसिर ।
नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले चितवन ३ मा अग्रता कायम राखेर मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले ३०५७ मत ल्याएका छन् । उनका प्रतिष्पर्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेको १ हजार ९ सय २७ मत छ । यस क्षेत्रमा प्रचण्ड र पाण्डेबिच निकै प्रतिष्पर्धा हुने विश्लेषण गरिएको छ । त्यसो त सुरुवातीमा प्रचण्डले अग्रता लिएकोमा पुनः पाण्डेले अग्रता खोसेका थिए । पछिल्लो समय भने प्रचण्डले अग्रता कायम राखेका छन् ।

प्रकाशित मिति:
December 09, 2017