रङ्गकर्मी फुयाँलको प्रथम स्मृतिसभा मनाइयो
काठमाडौँ ,पौष २३
गत पुस १९ गते निधन भएका रङ्गकर्मी विष्णुभक्त फुयाँलको प्रथम स्मृतिसभा शनिबार मनाइएको छ । रङ्गकर्मी फुयाँलको स्मृतिसभा काठमाडौंको तारा सदन स्कूलको विष्णुभक्त–तारादेवी गुठी संस्थाले सभाको आयोजना गरेको हो।
कार्यक्रममा काठेमाडौं क्षेत्र नम्बर तीनका प्रतिनिधिसभा सदस्यमा निर्वाचित कृष्ण राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा 'विष्णुभक्त रङ्गकर्मी पुरस्कारुबाट राजेन्द्र कुमार गर्तौलालाई सम्मान गरियो। त्यस्तै 'तारादेवी युवा नारी प्रतिभा छात्रावृत्तिु कविता तामाङलाई प्रदान गरियो।
विष्णुभक्त–तारादेवी गुठी संस्थाका संरक्षक विमल फुयाँलले हरेक वर्ष रङ्गकर्मी फुयाँलको स्मृतिसभामा एकजना रंगकर्मी र एकजना युवा नारीलाई छात्रावृत्ति प्रदान गर्ने बताएका छन्। फुयाँलले विभिन्न नाटक, फिल्म र टेलिफिल्महरुमा अभिनय गरेका छन् ।
प्रकाशित मिति:
January 07, 2018