फेरि विवादमा तानियो पद्मावती, सेनाले रिलिज हुन नदिने
पौष २२,काठमाडौँ
रनविरसिंह, दिपीका पादुकोण तथा शहिद कपुरको मुख्य भुमिका रहेको पद्मावतीलाई सेन्सर बोर्डले रिलिजको अनुमती दिए पनि करनी सेनाले बहिस्कार गर्ने चेतावनी दिएको छ । फिल्मका निर्माता र बोर्डबीच सहमति भए पनि फिल्म रिलिज भएपछि अराजक स्थिती निम्तीन सक्छ भन्दै सेनाले विरोध गरेको हो । निर्माण आरम्भ गरेदेखि नै विावादमा तानिएको यो फिल्म रिलिज भयो भने त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेबारी सरकारले लिनुपर्ने भन्दै सेनाले चेतावनी दिएको छ । फिल्म रिलिज हुने हो भने बन्दसम्मका कार्यक्रम ल्याउने तयारी करनी सेनाले गरेको छ।
सरकार र फिल्म मेकरलाई खुला चेतावनीपत्र लेख्दै राजपुत करनी सेनाका अध्यक्ष सुकदे सिंह गोगामेदीले केही भएमा भारतीय जनता पार्टीको सरकार र सेन्सर बोर्ड जिम्मेबार रहनेु भनेका छन्।
प्रकाशित मिति:
January 06, 2018