चितवनको क्यान्सर अस्पतालमा पूर्व डिएसपीको मुक्काले नर्स पछारिइन

चितवनको क्यान्सर अस्पतालमा कार्यरत नर्सलाई बिरामीको मृत्यु भएपछि आफन्तले कुटेपछि अस्पतालको सेवा ठप्प भएको हो । अस्पतालका कर्मचारी र चिकित्सकले सुरक्षाको माग राख्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन थालेपछि अस्पतालमा आएका अन्य बिरामी अलपत्र परेका छन् ।
क्यान्सर अस्पतालमा कार्यरत नर्स अनिता भुषाललाई छोरीको उपचारका क्रममा निधन भएपछि पूर्व डिएसपी बिरबहादुर चन्दले कुटपिट गरेपछि अस्पतालको सेवा ठप्प भएको हो । डिएसपीको मुक्काले नर्सको नाकबाट रगत बगेको प्रदक्षदर्शीले बताएका छन् ।
चन्दले छोरीलाई क्यान्सर अस्पतालमा कार्यारत नर्सले ओभर डोज औषधी सिरिजमार्फत दिएकाले निधन भएको आरोप लगाउँदै कुटपिट गरेको बताएका छन् । पूर्व डिएसीले छोरीको मृत्युभएको आक्रोशलाई नर्सको मुहारमा मुक्का प्रहार गरेर पोखेका हुन । अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीले प्रमुख जिल्ला अधिकारी समक्ष सुरक्षाको माग गरेका छन् ।
चन्दकी छोरीलाई रगत क्यान्सरको उपचार डाक्टरको निर्देशनका आधामार मात्र नर्सले उपलब्ध गराएको उपचारमा संलग्न डाक्टर कृष्णसागर शर्माले बताएका छन् । पूर्व डिएसपीले भने डोज भन्दा बढी औषधी दिएकाले छोरीको निधन भएको आक्रोश पोखेका छन् ।
प्रकाशित मिति:
July 13, 2012