नौ महिनाका बालक नाटकीय रुपले बेपत्ता
२९ असार । दिनभरि घरमा पाहुना बसेका एक अपरिचित व्यक्ति सप्तरीको रायपुरबाट बिहीबार साँझ एक बालक लिएर बेपत्ता भएका छन् ।
दिउँसो सँगै बसेर खाना र साँझ रक्सी खाएका अपरिचित व्यक्तिले नौ महिनाका छोरा रितेशलाई लिएर बेपत्ता भएको सप्तरीको नकटी रायपुर गाविस–८ मा बस्दै आएका चटपटे व्यापारी राजु यादवले बताए ।
दिउँसो १ बजे रुपनीचौकमा आएका ती अपरिचित व्यक्तिले भोक लाग्यो भनेपछि राजुले उनलाई घर लगेर सँगै खाना खाएका र साँझसँगै बसेर रक्सी सेवन गरेका थिए । साँझ चटपटी बेचिरहेको स्थानमा आइपुगेकी राजुकी श्रीमतीबाट खेलाउन भन्दै निजले उनको अँगालोबाट काखे शिशु लिएका थिए ।
श्रीमान्सँग घर आएको र खाना खाएको देखेकाले श्रीमान्को परिचित व्यक्ति भन्ठानेर छोरालाई खेलाउन भनी दिएको राजुकी श्रीमती मन्तुरज यादव बताउँछिन् । केही बेरपछि खोज्दा छोरासहित अपरिचित व्यक्ति फेला नपरेको पीडित दम्पतीले बताएका छन् ।
घटनाका सम्बन्धमा पीडितले इलाका प्रहरी कार्यालय रुपनीमा जानकारी गराएपछि प्रहरीले खोजतलास तीव्र बनाएको जनाएको छ । रौतहट जिल्ला डुमरिया घर भई रायपुर–८ स्थित बोदाइ साहको घरमा डेरा गरी बस्दै आएका यादव दम्पती बिहान पाउरोटी र साँझ चटपटे बेचेर गुजारा गर्दै आएका छन् । रासस

प्रकाशित मिति:
July 13, 2012