राति–राति च्याटमा सेक्स कुरा, बिहान त प्रहरी खोरमा
एक अधवैँशे पुरुष १३ वर्षिया वालिकासँग फेसबुकमा च्याट गर्दै थिए । अमेरिकाको दक्षिणी फ्लोरिडाकी यि वालिकासँगको च्याटमा ति पुरुषले यौनजन्य कुराकानी गर्दै थिए र भोलिपल्ट विद्यालय समयपछि भेट्न वालिकालाई सहमत गराएका थिए । तर समय वालिकामाथि कुदृष्टि राख्ने ति पुरुषले सोचेजस्तो भएन ।
प्रहरीले भोलिपल्ट नै वालिकाको कम्युटर नियन्त्रणमा लियो र उनीसँग च्याटमा आपत्तिजनक कुराकानी गर्ने पुरुषलाई पक्राउ गर्यो । यो घटना गत मार्च महिनाको हो ।
गोप्य रुपमा च्याट गरेको प्रहरीले कसरी थाहा पायो भन्ने तपाईँ सोच्दै हुनुहुन्छ होला । यदि आफ्नो नेटवर्कमा रहेका साथीसँग जथाभावी च्याट गर्ने बानी छ भने बानी सधार गर्नुपर्ने भएको छ । फेसबुकको एउटा सफ्टवेयरले यो शंकास्पद गतिविधि पत्ता लगाएको हो ।
रोयटर्सको समाचारमा जनाइएअनुसार यो सफ्टवेयरले च्याटबक्समा भएको कुरालाई स्क्यान गर्छ र आपराधिक तथा यौनजन्य भेटिएमा जानकारी गराउँछ । फेसबुकका कर्मचारीले तुरुन्तै यसबारे प्रहरीलाई जानकारी गराउँछन् र दोषी फन्दामा पर्छन् ।
‘जुन तरिका र गतिमा उहाँहरुले हामीलाई खबर गर्नुभयो, त्यति चाँडो हामी उद्दार गर्न सक्यौँ’, फेसबुकको प्रशंसा गर्दै कानून कार्यान्वयन शाखा फ्लोरिडाका अधिकारी जेफ्री डुन्क्यानले रोयटर्ससँग भनेका छन् ।
सोसल मिडिया सम्बन्धी ब्लग म्यासेबलले रोयटर्सलाई उदृत गर्दै लेखेको छ, ‘फेसबुक लगायत अन्य सामाजिक सञ्जालहरुले प्रयोगकर्ताको च्याट व्यवहारको नियमित अध्ययन गरिरहेका हुन्छन् र कुनै शंकास्पद गतिविधी भेटिएमा प्रहरीलाई खबर गर्ने गर्छन् ।’
कसरी पत्ता लाग्छ अश्लिल र आपराधिक गतिविधि?
म्यासेबलका अनुसार फेसबुकको सफ्टवेयरले प्रयोगकर्ताले प्रयोग गर्ने भाषाका आधारमा अश्लिलता र आपराधिक गतिविधि पत्ता लगाउँछ । फेसबुक विश्वका ७० भन्दा बढी भाषामा उपलब्ध छ । प्रयोगकर्ताले च्याटमा प्रयोग गरेको शब्द तथा पदावलीका आधारमा फेसबुक तथा अन्य सामाजिक सञ्जालले कस्तो व्यवहार भैरहेको छ भन्ने पत्ता लगाउँछन् । फेसबुकले प्रयोगकर्ताको आइपी एड्रेसका आधारमा सुरक्षा निकायलाई खबर गर्छन् ।
यस्तै यस्ता सफ्टवेयरले प्रयोगकर्ताको पहिलेको सम्बन्ध हेरेर पनि उनीहरुबीच भएको कुराकानीको अनुगमन गर्छन् । जस्तो कि सफ्ठवेयरले तपाईँको प्रोफाइलमा रहेको डाटा अनुसार उसँग तपाईँको सम्बन्ध कत्तिको लामो छ हेर्छ । दुई प्रयोगकर्ताबीच उमेरको धेरै भिन्नता छ भने फेसबुकले यस्तो गतिविधिलाई पनि शंकास्पद मान्छ ।
‘हामीले प्रयोगकर्ताको व्यक्तिगत कुराकानी हेर्न मिल्दैन, हामी व्यक्तिगत गोपनीयता भैग नहोस भन्नेमा सचेत छौँ, अतः प्रविधि मार्फत च्याटमा भैरहेका गतिविधि नियाल्छौँ’, फेसबुकका सुरक्षा प्रमुख जियो सुलिभ्यानले भनेका छन् । –म्यासेबल र रोयटर्सको सहयोगमा

प्रकाशित मिति:
July 13, 2012