प्रधानमन्त्रीले राजीनामा नदिए भिडन्तमा उत्रन्छौँ : नेपाल
डिसीनेपाल डटकम संवाददाता – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री बाबुराम भट्टराइले राजीनामा नदिए आफूहरु टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् ।
उनले राष्ट्रिय सहमतिका लागि बाटो खुला नगरे देशमा मुठभेड निम्तने समेत बताए ।
प्रेस चौतारी चितवनले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता नेपालले प्रधानमन्त्रीले सरकार नछाड्ने हो भने विपक्षी दलहरु टुलुटुलु हेरेर नबस्ने बताए ।
बाबुरामकै कारण पूर्वराजा समेत सलबलाउन थालेको उनको भनाइ थियो ।
नेपालले सहमतिमा संविधानसभा पुनर्स्थापना गर्न सकिने धारणा समेत व्यक्त गरे ।
संविधान बनाउन गोलमेच सम्मेलन, पुरानो संविधानसभालाई ब्युँताउन सकिने बिकल्प भएको उनको भनाई थियो ।

प्रकाशित मिति:
July 13, 2012