गर्भवती गराउने अनौठो कुर्सी
बेलायतको बेडफोर्डसायरको मूर प्यालेस होटलमा राखिएको एउटा कुर्सीमा बस्ने महिलाले गर्भधारण गर्ने गरेको अनौठो चर्चा चलेको छ ।
न्युजट्रयाक लाइभ डट कममा उल्लेख भएअनुसार सो होटलमा काम गर्ने सात जना महिला यस कुर्सीमा बसेपछि प्रेग्नेन्ट भइसकेका छन् । तीमध्ये चार जनाको छोरा जन्मिसकेका छन् भने तीन जना गर्भवती अवस्थामा आमा बन्ने प्रतीक्षामा छन् ।
त्यसैले यो कुर्सी अहिले चर्चाको विषय बनेको छ । मूर प्यालेस होटलका कर्मचारी भन्छन्- पछिल्लो दुई वर्षमा यस कुर्सीमा बस्ने यहाँका केही महिला कर्मचारी गर्भवती भएपछि यस कुर्सीको नाम नै हामीले फर्टिलिटी चेयर राखिदिएका छौं । सो होटलका मेनेजर बच्चाको चाहना हुने व्यक्ति सो कुर्सीका कारण त्यहाँ जान सक्ने बताउँछन् । यसबाट सो वेबसाइटले अन्य केही बताएको छैन । -साधना

प्रकाशित मिति:
February 14, 2014