• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Health, स्वास्थ्य » मानिसको पसिनाबाट एन्टिबायोटिक
मानिसको पसिनाबाट एन्टिबायोटिक

मानिसको शरीरबाट निस्कने पसिनाबाट एन्टिबायोटिक औषधि बनाउन सकिने दाबी वैज्ञानिकले गरेका छन् । 

पसिनाबाट बनाइने एन्टिबायोटिकबाट टीबीजस्तो खतरनाक रोगको उपचार सम्भव हुने बताइएको छ । शोधकर्ताका अनुसार जब शरीरबाट पसिना आउँछ, पसिनासँगै डर्मासिडिन नामको पदार्थ पनि निष्कासन हुन्छ । कुनै कीरा वा अन्य प्राणीले टोकेको वा चिथोरेको अवस्थामा डर्मासिडिन नामक पदार्थले सुरक्षा प्रदान गर्छ । 

युनिभर्सिटी अफ एडिनबर्गका शोधकर्ता युलरिक जकाराका अनुसार एन्टिबायोटिक केवल औषधि पसलमा मात्रै पाइने होइन हाम्रो शरीर पनि धेरै प्रकारको एन्टिबायोटिकबाट सुसज्जित भएको हुन्छ, जसले प्राकृतिकरुपबाट शरीरको रक्षा गरिरहेको हुन्छ । वैज्ञानिकले पसिनासँगै निष्कासन हुने डर्मासिडिनको संरचना पनि पत्ता लगाएकाले यसलाई एन्टिबायोटिक बनाउन सहज हुने बताइएको छ ।

प्रोसिङ्डास अफ द नेसनल एकेडेमी अफ साइन्सेजमा प्रकाशित रिपोर्टमुताबिक मानवशरीरमा १ हजार ७ सय किसिमको प्राकृतिक एन्टिबायोटिक हुन्छ । शोधकर्ताका अनुसार यी प्राकृतिक एन्टिबायोटिक कृत्रिम एन्टिबायोटिकको तुलनामा धेरै क्रियाशील एवम् प्रभावयोग्य हुन्छन् । यिनलाई एन्टिमाइक्रोबियल पेप्टाइड्स (एएमपीएस)को नाम दिइएको छ । यी एएमपीएसले जीवाणुलाई हमला गरी नष्ट गरिदिन सक्छन् । यसबाट हानिकारक जीवाणुको विकासको सम्भावना समाप्त हुन सक्ने बताइएको साधनामा खबर छ ।

प्रकाशित मिति: February 14, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |