मानिसको पसिनाबाट एन्टिबायोटिक
पसिनाबाट बनाइने एन्टिबायोटिकबाट टीबीजस्तो खतरनाक रोगको उपचार सम्भव हुने बताइएको छ । शोधकर्ताका अनुसार जब शरीरबाट पसिना आउँछ, पसिनासँगै डर्मासिडिन नामको पदार्थ पनि निष्कासन हुन्छ । कुनै कीरा वा अन्य प्राणीले टोकेको वा चिथोरेको अवस्थामा डर्मासिडिन नामक पदार्थले सुरक्षा प्रदान गर्छ ।
युनिभर्सिटी अफ एडिनबर्गका शोधकर्ता युलरिक जकाराका अनुसार एन्टिबायोटिक केवल औषधि पसलमा मात्रै पाइने होइन हाम्रो शरीर पनि धेरै प्रकारको एन्टिबायोटिकबाट सुसज्जित भएको हुन्छ, जसले प्राकृतिकरुपबाट शरीरको रक्षा गरिरहेको हुन्छ । वैज्ञानिकले पसिनासँगै निष्कासन हुने डर्मासिडिनको संरचना पनि पत्ता लगाएकाले यसलाई एन्टिबायोटिक बनाउन सहज हुने बताइएको छ ।
प्रोसिङ्डास अफ द नेसनल एकेडेमी अफ साइन्सेजमा प्रकाशित रिपोर्टमुताबिक मानवशरीरमा १ हजार ७ सय किसिमको प्राकृतिक एन्टिबायोटिक हुन्छ । शोधकर्ताका अनुसार यी प्राकृतिक एन्टिबायोटिक कृत्रिम एन्टिबायोटिकको तुलनामा धेरै क्रियाशील एवम् प्रभावयोग्य हुन्छन् । यिनलाई एन्टिमाइक्रोबियल पेप्टाइड्स (एएमपीएस)को नाम दिइएको छ । यी एएमपीएसले जीवाणुलाई हमला गरी नष्ट गरिदिन सक्छन् । यसबाट हानिकारक जीवाणुको विकासको सम्भावना समाप्त हुन सक्ने बताइएको साधनामा खबर छ ।
प्रकाशित मिति:
February 14, 2014