जुर्यो ड्यास माओवादीको महाधिवेशन तिथि
भदौ १ – विपक्षी कांग्रेस एमाले लगायतका दलहरुले एमाओवादी पार्टी फुटलाई फुट नभएर सत्ता कब्जा गर्ने षड्यन्त्र भनिरहेका बेला नवगठित नेकपा ड्यास माओवादीको भने महाधिवेशनको मिति तोकिएको छ ।
एकीकृत नेकपा माओवादीबाट विभाजित भएर बनेको नेकपा–माओवादीले पुष २५ गते पार्टीको महाधिवेशन गर्ने तयारी गरेको हो ।
नेकपा–माओवादीले शुक्रबार बुद्धनगरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर पुष २५ गतेदेखि राजधानीमा महाधिवेशन गर्ने जानकारी दिएको हो ।
महाधिवेशनका लागि नेकपा माओवादीले सचिव नेक्रविक्रम चन्दको नेतृत्वमा ११ सदस्यीय महाधिवेशन मुल आयोजक समिति समेत गठन गरेको छ ।
माओवादीले पार्टीको विधान, सांगठनिक र राजनीतिक प्रतिवेदन तयार पार्ने जिम्मा पदाधिकारीलाई दिइएको छ ।
बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता पम्फा भुसालले महाधिवेशनको मिति सार्वजनिक गर्दै एमाओवादी क्रान्तिकारी कार्यदिशामा आएमा पार्टी एकताको ढोका भने जहिल्यै पनि खुल्ला हुने धारणा राखेकी छन् ।
प्रकाशित मिति:
August 17, 2012