डाक्टर सरकारका दुई अध्यादेश डाक्टर राष्ट्रपतिद्वारा अस्वीकार
भदौ १ – राष्ट्रपति डा.रामवरण यादवले प्रधानमन्त्री डा. बाबुराम भट्टराई सरकारले पठाएको दुई अध्यादेश अस्वीकार गरेका छन् ।
मन्त्री परिषदले साउन १२ गते स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाइएका दुई अध्यादेश राष्ट्रपतिद्वारा अस्वीकार गरिएको हो ।
राष्ट्रतिले आज निर्वाचन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०६९ र संविधानसभा सदस्य निर्वाचन अध्यादेश ऐन, २०६९ अस्वीकार गरेको गरेका हुन् ।
राष्ट्रपति कार्यालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तरिम संबिधानको धारा ८८ को उपधारा १ बमोजिम सिफारिस भएका निर्वाचन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र संबिधानसभा सदस्य निर्वाचन अध्यादेश तत्काल जारी गर्नु सान्दर्भिक नदेखिएको उल्लेख गरेको छ ।
त्यसो त, राजनीतिक दलहरुबीच सहमति बनाई निर्वाचनको वातावरण बनाउनुको साटो प्रधानमन्त्री बाबुराम भट्टराईले एकलौटी रुपमा अध्यादेश ल्याई विपक्षीहरुलाई थप चिढ्याउने काम गरेको प्रति राष्ट्रपति असन्तुष्ट रहँदै आएका थिए ।
तर सत्ता बाहिर रहेका दलहरुले राष्ट्रपतिलाई सक्रिय कदम चाल्न बारम्बार आग्रह गर्दै आएपनि राष्ट्रपति भने मौन नै बस्ने गरेका छन् ।
देश संविधानबिहीन संक्रमणकालमा फसिरहेको अवस्थामा दुई शक्तिका रुपमा रहेका राष्ट्रपति र प्रधानमन्त्रीबचि आजको निर्णयले केही खटपट हुने त होइन भन्ने भने शंका उब्जाएको छ ।
प्रकाशित मिति:
August 17, 2012