भाइरलले दुईको मृत्यु, एकसय बढी बिरामी
असोज ९ – सिन्धुपाल्चोकको हगाम गाविसमा दुई सातादेखि फैलिएको भाइरल ज्वरोबाट दुई जनाको मृत्यु भएको छ भने करिब एकसय जना बिरामी परेका छन् ।
मृत्यु हुनेमा वडा नं १ निवासी ६५ वर्षीया सुनमाया तामाङ र वडा नं ३ निवासी ६५ वर्षीय धनबहादुर श्रेष्ठ रहेको स्थानीय चेतकुमार तामाङले जानकारी दिए ।
तामाङ समुदायको बाहुल्यताका साथै घनाबस्ती रहेको सो गाविसको वडा नं १, २, ३, ४ र ९ मा करिब एकसय जना बिरामी परेका छन् ।
तामाङका अनुसार तीन जनाको मध्यपुर थिमिस्थित नेपाल कोरियाली मैत्री अस्पतालमा उपचार भइरहेको र अन्यको स्थानीय जलविरेस्थित प्राथमिक स्वास्थ्य केन्द्रका साथै गाउँकै उपस्वास्थ्य चौकीमा उपचार भइरहेको छ । रासस. फोटो : गुगल
प्रकाशित मिति:
September 25, 2012