• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » विद्युत् ट्रान्सफर्मरका विषयमा हात हालाहाल, तीन जना प्रहरी खोरमा
विद्युत् ट्रान्सफर्मरका विषयमा हात हालाहाल, तीन जना प्रहरी खोरमा


असोज १४ – नेपाल विद्युत् प्राधिकरण कलैया वितरण केन्द्रमा आज कार्यालय समयमा विद्युत् ट्रान्सफर्मर विषयमा विद्युत् कर्मचारी र उपभोक्ताबीच हातपात हुँदा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बारा जिल्ला बलिरामपुर गाविसमा नयाँ विद्युत् ट्रान्सफर्मर उपलब्ध गराउन माग गर्दै प्राधिकरण पुगेका उपभोक्ताहरुको समूहले कार्यालय प्रमुख सुरेन्द्रप्रसाद अग्रहरीमाथि हातपात गर्नेक्रममा प्राधिकरणका कर्मचारीहरु लक्ष्मीप्रसाद कलवार र उदय यादव घाइते भएका थिए ।

सो घटनामा संलग्न रहेका बलिरामपुर–३ बस्ने महेन्द्र यादव, नागेन्द्र यादवलगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति: September 30, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |