• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » भारइल जस्तै रोगका कारण आधा दर्जन राउटे बसाइँ सरे
भारइल जस्तै रोगका कारण आधा दर्जन राउटे बसाइँ सरे


असोज १५ – सल्यानको फलावाङ गाविस–३ को खातखोलामा केही महिना अघिदेखि बस्दै आएका राउटेहरूले बसाइँ सरेका छन् ।

राउटेहरूलाई ज्वरो आउने, टाउको दुख्नेलगायतका समस्या देखिएपछि उक्त ठाउँ नफापेको भन्दै उनीहरू सल्यानकै छायाँक्षेत्र गाविस–३ मा रहेको जङ्गलमा आइतबार बसाइँ सरेका हुन् ।


“हामीलाई यो ठाउँ फापेन, त्यही भएर अर्को ठाउँमा सर्न लागेका हौँ” मुखिया मैनबहादुर शाहीले रासससँग कुरा गर्दै भन्नुभयो, “राउटे समुदायमा कसैको मृत्यु भएमा वा बिरामी भएपछि बसेको ठाउँ छाडेर अर्को ठाउँमा जाने परम्परा छ ।”

ज्वरो आउने, टाउको दुख्नेलगायतका समस्याबाट पीडित भएका राउटे हिँड्न नसकेपछि अरु राउटेहरूले बोकेर सडकसम्म ल्याइपु¥याएका थिए ।

एकलाई भने दुवै खुट्टामा चोटपटक लागेपछि बोकेर ल्याएको बताउँदै हरिबहादुर शाहीले भन्नुभयो, “हामीलाई यो ठाउँ नफापेर यस्तो भएको हो, त्यसैले यो ठाउँ छाडेका हौं, अर्को ठाउँमा बसेपछि सबै राम्रो हुन्छ ।”

बस पर्खेर बसेका राउटेलाई देखेर पनि बसहरू रोक्न नमानेपछि उनीहरू सडक नै बन्द हुनेगरी लाइनमा बसेका थिए । स–साना केटाकेटी, महिलाहरू बसभित्र बसेपछि बान्ता हुन्छ भन्दै उनीहरू बसको छतमा बसेका थिए ।

औषधि गरेर रोग निको नहुने बरु कुलदेउता रिसाएर यस्तो भएको मुखिया मैनबहादुर शाहीले बताउनुभयो । “औषधि खाएमा कुलदेउता रिसाउँछन् झारफुक गरेर ठीक पार्नुपर्ला ।”

उनीहरू चिसोका कारण बिरामी परेको आशंका गरिएको छ । बिरामी भएर थला परेका राउटेहरूलाई छतमा पु¥याउँदाको दृश्यले यात्रुहरूलाई समेत भावुक बनाएको थियो ।

केही समयअघि एकै ठाउँमा बस्दै आएका राउटेहरू अहिले दुई ठाउँमा बस्दै आएका छन् । आधा राउटे दाङ र सल्यानको सिमानामा पर्ने जङ्गलमा बस्दै आएका छन् भने बाँकी फलावाङ्गको खातखोलामा बस्दै आएका थिए । रासस

प्रकाशित मिति: October 01, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |